राजनीति


गणतन्त्र दिवस समारोहमा जब राप्रपाबाट निर्वाचित सभामुख आएनन्...

गणतन्त्र दिवस समारोहमा जब राप्रपाबाट निर्वाचित सभामुख आएनन्...

सभामुख नआएपछि एउटा कुर्सी खाली रह्यो।


सुनिता विष्ट
जेठ १५, २०८० सोमबार १०:२८, हेटौँडा

१६औं गणतन्त्र दिवस आज देशभर विभिन्न कार्याक्रम गरी मनाइँदै छ। यसै अवसरमा बागमती प्रदेश सरकारले पनि आज भव्य समारोहका बीच गणतन्त्र दिवस मनायो। प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गरेका थिए भने विशेष अतिथिका रुपमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई आमन्त्रण गरिएको थियो। 

जसका लागि मञ्चमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखका लागि लहरै तीनवटा कुर्सी राखिएका थिए। तर कार्यक्रममा सभामुख पाठक उपस्थित नै भएनन्। जसका कारण एउटा आसन खाली रहेकै अवस्थामा कार्यक्रम सम्पन्न भयो।

सभामुख नआएपछि एउटा कुर्सी खाली रह्यो।

सभामुख पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेश सांसद पदमा निर्वाचित भएका थिए। उनी गणतन्त्र दिवसको समारोहमा उपस्थित नहुनु गैरजिम्मेवारीपन भएको भनी सत्तापक्षका सांसदहरुले आलोचना गरेका छन्। प्रजातन्त्र दिवस मनाउने राप्रपा गणतन्त्रको कार्यक्रममा उपस्थित नभएको भन्दै सभामुखको सर्वत्र आलोचना भइरहेको छ। 

सभामुख वा उपसभामुख पदमा निर्वाचित भइसकेपछि सम्बन्धित सांसदले राजनीतिक दलको संलग्नताबाट अलग रहनुपर्छ।

तर सभामुख पाठकले भने आज आफ्नी श्रीमतीको आँखा उपचारका लागि अस्पताल जानुपरेकाले गणतन्त्र दिवसको कार्यक्रममा आउन नपाएको दाबी गरेका छन्। 

बागमती प्रदेश सरकारले आयोजना गरेकाे गणतन्त्र समारोहमा सहभागीहरु।

‘मेरो श्रीमतीको आँखाको अपरेसन थियो। त्यसैले म अस्पताल आउनुपर्ने भयो। मैले मुख्यमन्त्रीज्यूलाई खबर गरेर आएको हुँ। त्यस्तो अरु कुनै कारण छैन’, उनले नेपालखबरसँग भने। 

यस्तै कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुको समेत उपस्थिति थिएन। एमालेबाट सा‌ंसद निर्वाचित उपसभामुख अप्सरा चापागाईं भने कार्यक्रममा उपस्थित थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .