ad ad

राजनीति


मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नु धर्म : प्रधानमन्त्री

मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नु धर्म : प्रधानमन्त्री

आश्रम उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्ड


सुनिता विष्ट
मंसिर ३०, २०८० शनिबार १३:७, हेटौँडा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन्।

शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा मानव सेवा आश्रम उद्घाटन गर्दै उनले मन्दिरमा गएर भेटी चढाउनुभन्दा मानव सेवा आश्रममा दान गरे धर्म मिल्ने बताएका हुन्। 

‘धर्म गर्नका लागि हामी विभिन्न भगवान्‌लाई पुज्न र भेटी चढाउन जान्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगाको भगवान्‌लाई चढाएको भेटीभन्दा जिउँदो देवता बस्ने आश्रममा भेटी चढाए धर्म मिल्छ। सबैले आआफ्ना ठाउँबाट सक्दो सहयोग गरौँ।’

मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए। 

उनले संघीय सरकारको समन्वयमा सातवटा प्रदेशलाई सात गाडी उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। साथै, सडक मानव आश्रित भवन निर्माणका लागि समेत सरकारले सहयोग गर्ने उनले बताए। 

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख  अतिथि थिए भने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .