ad ad

राजनीति


‘अर्घाखाँची समाज जापान’को नयाँ नेतृत्व चयन, अध्यक्षमा कृष्ण केसी

‘अर्घाखाँची समाज जापान’को नयाँ नेतृत्व चयन, अध्यक्षमा कृष्ण केसी

नेपालखबर
पुस १९, २०८० बिहिबार ८:२९, काठमाडौँ

‘अर्घाखाँची समाज जापान’को नयाँ नेतृत्व चयन भएको छ। 

जापानको राजधानी टोकियोमा सम्पन्न ‘अर्घाखाँची समाज जापान’को पाँचौँ अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो। 

जसमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल उपाध्यक्ष छन् भने अर्जुन आचार्य महासचिव चयन भएका छन्।

यसैगरी सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल चुनिएका छन् भने कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चयन भएका छन्।

अधिवेशनले महिला संयोजकमा मधु क्षेत्री तथा विद्यार्थी संयोजकमा नारायण भट्टराईलाई चुनेको छ। कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्सल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्तीमगर, दिली रेश्मी, मीना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी चयन भएका छन्। 

बाँकी तीन सदस्य कार्यसमितिले मनोनयन गर्ने ‘अर्घाखाँची समाज जापान’ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .