ad ad

राजनीति


मुस्ताङमा मतगणना सुरु : अघिअघि कांग्रेस, पछिपछि एमाले

मुस्ताङमा मतगणना सुरु : अघिअघि कांग्रेस, पछिपछि एमाले

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:५७, मुस्ताङ

मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ। 

एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो। आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए। 

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिएका छन्। उनले एक हजार ६८ र नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ। दुई स्थानमा मतगणना भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .