ad ad

राजनीति


सप्तरी २ को ताजा अवस्था : सीके राउत २४०२, उपेन्द्र यादव ७६८

सप्तरी २ को ताजा अवस्था : सीके राउत २४०२, उपेन्द्र यादव ७६८

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १५:१३, जनकपुरधाम

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले तेब्बररभन्दा धेरै मतको अग्रता बनाएका छन्।

पछिल्लो मत मरिणाम अनुसार राउतले २४ सय २ मत ल्याउँदै विशाल अग्रता बनाउने लक्षण देखाएका छन्। 

उता नेकपा एमालेको सहयोग लिएर चुनावी मैदानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ७६८ मतसहित खुम्चिएका छन्। 

यहाँ राउत र यादवबीच १६ सयष ३४ मतको अन्तर देखिएको छ। 

त्यस्तै यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ५५० मतसहित तेस्रो स्थानमा छन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सघाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .