ad ad

राजनीति


काठमाडौंको प्रारम्भिक रुझान रास्वपाको पक्षमा

३ वटा क्षेत्रमा अग्रता, एकमा बराबरी, दुई वटामा दोस्रो स्थानमा
काठमाडौंको प्रारम्भिक रुझान रास्वपाको पक्षमा

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १५:२३, काठमाडौँ

राजधानी काठमाडौँको मतगणनाको प्रारम्भिक रुझान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको छ। 

काठमाडौँका १० मध्ये  ९ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएकोमा ३ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिएका छन्, एक स्थानमा बराबरी स्थानमा छन् भने दुई निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा छन्। 

अन्य निर्वाचन क्षेत्रमा पनि ‘रास्वपा’ का उम्मेदवारहरुले प्रतिस्पर्धी मत पाएका छन्। 

प्रारम्भिक मतगणनामा काठमाडौँ– २ मा ‘रास्वपा’ कि सोबिता गौतम र माओवादी केन्द्रकी ओनसरी घर्तिको बराबर २४ मत प्राप्त गरेका छन्। यहाँ एमाले उम्मेदवार मणिराम फुयाँलले १९ मत हासिल गरेका छन्। 

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल ३ सय ७८ मतसहित अग्रस्थानमा छन्। त्यहाँ एमालेका सर्वेन्द्र खनालले २ सय ७७ र नेपाली कांग्रेसका भीमसेनदास प्रधानले २ सय ३८ मतसहित रास्वपाका पराजुलीलाई पछ््याइरहेका छन्।  

काठमाडौँ– ७ मा पनि ‘रास्वपा’ का गणेश पराजुलीकै अग्रता छ। उनले ३ सय ७६ मत प्राप्त गर्दा एमालेका श्याम घिमिरेले ३ सय ६ र माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले  २ सय ९३ मत प्राप्त गरेकी छन्।

रास्वपाले अग्रता हासिल गरिरहेको काठमाडौँको अर्को क्षेत्र काठमाडौँ– ८ पनि हो, जहाँ सो पार्टीका विराजभक्त श्रेष्ठले ६ सय ११ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार सुमन सायमी ९लठ्ठी० ले ६ सय ३ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

मतगणना सुरु भएका काठमाडौँका दुई निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु दोस्रो स्थानमा छन्। काठमाडौँ– ९ र काठमाडौँ– ९ मा उनीहरु क्रमशः एमाले र कांग्रेसका उम्मेदवारहरुसँग प्रतिस्पर्धामा छन्। 

यसमध्ये काठमाडौँ– ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ५ सय ६४ मतसहित अग्रता हासिल गरिरहँदा ‘रास्वपा’ का  टेकबहादुर बस्नेत ३ मतले मात्र पछि छन्। उनले ५ सय ६१ मत प्राप्त गरेका छन्।  

काठमाडौँ– १० मा नेपाली कांग्रेसका राजेन्द्र केसीले १ हजार ८० मतसहित अग्रता हासिल गरेका छन् भने ‘रास्वपा’ का प्रदीप बिष्टले ६ सय ८५ मतसहित उनलाई पछ्याएका छन्।  

कांग्रेस महामन्त्री गगन थापा अग्रस्थानमा रहेको काठमाडौँ– ४ मा ‘रास्वपा’ का उम्मेदवार छैनन्। काठमाडौँ– ५ मा मतगणना नै सुरु भएको छैन। 

तीब्र प्रतिस्पर्धात्मक रहेको काठमाडौँ– १ मा ‘रास्वपा’ उम्मेदवार पुकार बमले चौथो स्थानमा छन्। नेपाली कांग्रेसका प्रकाशमान सिंह १ हजार १ सय १८ मत सहित अग्रस्थानमा रहँदा एमालेका किरण पौडेलले १ सय १९, राप्रपाका रवीन्द्र मिश्रले ८ सय ९६ र ‘रास्वपा’ पुकार बम ले ७ सय मत प्राप्त गरेका छन्।  

काठमाडौँ– ३ मा पनि ‘रास्वपा’ तेस्रो स्थानमा छ, जहाँ एमाले उम्मेदवार कृण राई १ हजार ७५ मतसहित अग्रस्थानमा रहँदा कांग्रेस उम्मेदवार सन्तोष चालिसेले १ हजार ५८ र ‘रास्वपा’ का दुर्गाबिक्रम थापा क्षेत्रीले ६ सय ४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .