ललितपुर क्षेत्र नम्बर ३ मा जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्।
प्राप्त ताजा मतपरिणामअनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि भएकी हुन्। उनको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का छन्। खड्काले ३ हजार ८ सय ४५ मत ल्याएका छन्।
यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल २ हजार २ सय २८ मतका साथ तेस्रो स्थानमा छिन्।
हेर्नुहोस् ताजा परिणाम
198
Shares
प्रतिक्रिया