मतगणना सुरु भएदेखि निरन्तर पछि पर्दै आएका एमाले महासचिव शंकर पोखरेल दाङ–मा झन् पछाडि पर्न थालेका छन्।
त्यहाँ सत्तागठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर फराकिलो पार्दै लगेकी छन्।
मतगणनाको पछिल्लो विवरण अनुसार अहिलेसम्म १६ हजार २९ मतगणना भएको छ।
त्यसमध्ये माओवादी केन्द्रकी शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छन्।
उनलाई पछ्याइरहेका एमाले महासचिव पोखरेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्।
शर्मा तथा पोखरेलबीचको मतान्तर १ हजार ३ सय ५२ छ। यसअघि शर्मा र पोखरेलबीचको मतान्तर १ हजार ३२ थियो।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार ५ सय ६८ मतसहित तेस्रो स्थानमा छन्।
609
Shares
प्रतिक्रिया