ad ad

राजनीति


रौतहट- ३ मा प्रभु साहको अग्रता, अर्का स्वतन्त्र पछ्याउँदै

रौतहट- ३ मा प्रभु साहको अग्रता, अर्का स्वतन्त्र पछ्याउँदै

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:३४, रौतहट

रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहले अग्रता कायम गरेका छन्। साहले अन्तिम समयमा एमालेको टिकट परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए। 

साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। 

पछिल्लो मत परिणामअनुसार साहले चुनाव चिन्ह चापाकलमा ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्। 

एमाले परित्याग गरेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेका थिए। तर, सत्तारुढ गठबन्धनले केन्द्रमा प्रभु साहलाई समर्थन गरे पनि माओवादी केन्द्रका उम्मेदवार रवीन्द्र पटेलले भने उनलाई समर्थन गरेका थिएनन्। 

तेस्रो स्थानमा रहेका पटेलले अहिलेसम्म १ हजार ३५३ मत प्राप्त गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .