ad ad

कला


पल शाहको ‘वीरविक्रम’ हिन्दी संस्करणमा, हेर्नुहोस् ट्रेलर

पल शाहको ‘वीरविक्रम’ हिन्दी संस्करणमा, हेर्नुहोस् ट्रेलर

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:४४, काठमाडौँ

पल शाह अभिनित फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा पललाई अभिनेत्री वर्षा शिवाकोटीले शिर्ष भूमिकामा साथ दिएकी छन्।

कोरोना महामारिका कारण हलमा रिलिज हुन नपाएको हलमा चल्न नपाएको फिल्मको हिन्दी संस्करण युट्यबमा रिलिज गर्ने निर्माण टिमले जनाएको छ। भर्चुअल रिलिजअघि फिल्मको ट्रेलर रिलिज भएको हो।

यो फिल्म पुस १५ मा ओएसआर इन्टरनेसनलको युट्युब च्यानलमा रिलिज गरिने फिल्मका निर्देशक मिलन चाम्सले बताएका छन्। फिल्मको नेपाली संस्करण भने हलमा रिलिज भैसकेको छ। 

फिल्ममा पल र वर्षाका साथमा नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्। सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा मित्रताको कथा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .