प्रतिनिधि सभातर्फ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मत गणनामा आफ्नो अग्रता कायम राखेका छन्। तर उनी एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा झिनो मतले मात्र अघि छन्।
प्राप्त ताजा परिणामअनुसार जनमोर्चाका केसीले ३ हजार ३४९ मत ल्याएका छन् भने एमालेका पाठकले ३ हजार ३४० मतका साथ उनलाई टक्कर दिइरहेका छन्।
यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले २ हजार १३ मत पाएका छन्।
135
Shares
प्रतिक्रिया