प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो अग्रता कायम राखिरहेकी छन्।
ताजा मतपरिणामअनुसार उनी ५ हजार ८ सय २७ मतका साथ सबैभन्दा अगाडि छिन्।
उनलाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ४ हजार ४ सय ३३ मतका साथ पछ्याइरहेका छन्।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रो स्थानमा छिन्। उनले अहिलेसम्म २ हजार ५ सय ४१ मत ल्याएकी छन्।
267
Shares
प्रतिक्रिया