काठमाडौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीले जित निकालेको छ। लौरो चुनाव चिन्हबाट निर्वाचनमा उठेका प्रदेशसभा उम्मेदवार शैलेन्द्रमान बज्राचार्य विजयी भएका हुन्।
बज्राचार्य ५ हजार ४ सय ६२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३ हजार ७ सय ११ मत प्राप्त गरे।
कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन्।
यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ।
129
Shares
प्रतिक्रिया