नवलपरासी (बर्दघाट पश्चिम)-१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) ले उछिनेका छन्।
ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग रास्वपाका ठकुरीले ८९ मतको अग्रता लिएका छन्।
यहाँ ठकुरीले तीन हजार ९५९ मतसहित अग्रता लिँदा चौधरी तीन हजार ८७० मतसहित दोस्रो स्थानमा झरेका छन्।
यहाँ नेकपा एमालेसँग तालमेल गरेको जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २ हजार ९४१ मत पाएका छन्।
2.9k
Shares
प्रतिक्रिया