ad ad

राजनीति


गोलाप्रथा गरेर थालियो कालीकोटमा मतगणना

गोलाप्रथा गरेर थालियो कालीकोटमा मतगणना

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:४९, सुर्खेत

कालीकोटमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ। 

कुन केन्द्रबाट गणना गर्ने भन्ने विषयमा दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा गोलाप्रथाबाट टुंगो लगाइएको हो।

गोलाप्रथाबाट प्रदेशसभा क्षेत्र १ मा पर्ने शुभकालिका गाउँपालिकाबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, नेकपा एमालेका नगिन्द्र शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल (पुतली चिह्न) प्रतिस्पर्धामा छन्। 

गठबन्धनका उम्मेदवार महेन्द्र कर्णाली पूर्व मुख्यमन्त्री हुन भने स्वतन्त्र उम्मेदवारी दिएका बराल माओवादी केन्द्रबाट रास्कोट नगरपालिका प्रमुख थिए। 

एमाले उम्मेदवार शाही पार्टीका केन्द्रीय सदस्य हुन्। आइतबार सम्पन्न मतदानमा यहाँ प्रतिनिधिसभातर्फ ४६ हजार ६९९ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .