ad ad

राजनीति


अग्रता बढाउँदै एनपी, धामी १९ सय मतले पछि

अग्रता बढाउँदै एनपी, धामी १९ सय मतले पछि

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १:४८, काठमाडौँ

कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद झण्डै १९ सय मतले अग्रता लिएका छन्। कृष्णपुरका ९ वडामा खसेको २५ हजार ५८६ मत गणना हुँदा उनले १८ सय ७६ मतले अग्रता लिएका हुन्।

क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयले राति १ बजेपछि सार्वजनिक गरेको मतगणनाको परिणाममा साउदले १० हजार ८९८ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ९ हजार २२ मत ल्याएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले कृष्णपुर नगरपालिकामा २ हजार २३८ मत बदर भएको पनि जनाएको छ।

कञ्चनपुर–२ मा अब शुक्लाफाँटा नगरपालिकाका पूरै र वेदकोट नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ९ र १० नम्बर वडाको मतगणना हुँन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .