नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।
श्रेष्ठ १९ हजार ३ सय ७८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७ सय ४३ मत पाए।
यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो। त्यसैगरी (२) मा पाण्डेले १८ हजार ८ सय ६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत ल्याएका छन्। रासस
105
Shares
प्रतिक्रिया