ad ad

राजनीति


जाजरकोट प्रदेश सभा १ मा सत्ता गठबन्धनका वेदराज विजयी

जाजरकोट प्रदेश सभा १ मा सत्ता गठबन्धनका वेदराज विजयी

सत्ता गठबन्धनबाट विजयी भएकाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १०:३२, सुर्खेत

जाजरकोट प्रदेश सभा–१ मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन्। 

कांग्रेसका जिल्ला सभापति सिंहले नेकपा एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन्। 

कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाए भने एमाले नेता सिंहले ११ हजार ४७० मत ल्याए। 

कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजि भएका थिए। अहिले उनैको सहयोगमा विजयी भएका छन्।

यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मतमध्ये गठबन्धनको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका कमान खड्काले ४ हजार ४४६ मत पाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .