प्रतिनिधिसभा तर्फ पर्सा- ४ मा नेपाली कांग्रेसका रामेश रिजाल निर्वाचित भएका छन्।
पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले पराजित गर्दै कांग्रेस नेता रिजाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
६२ हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेका छन् भने रिजालले ३१ हजार एक सय ४२ मत प्राप्त गरेका पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।
पर्सा ४ को प्रदेशसभा (क)मा कांग्रेसका शङ्करप्रसाद चौधरी र (ख)मा जसपाका सिंघासन साह कलवार निर्वाचित भइसकेका छन्।
एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै चौधरी दोस्रोपटक निर्वाचित भएका हुन्।
एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरेका छन्। रासस
Shares
प्रतिक्रिया