प्रदेशसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन्।
कूल ३५ हजार ५७७ मत खसेकोमा बनियाले १५ हजार १३७ मत ल्याइ विजयी भएका हुन्। प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल ९ हजार २५३ मत पाए। यसअघि प्रदेश सांसद रहेका कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन्।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका बसिउद्दिन खाँ विजयी भएका छन्। कूल ४० हजार ९ सय ६३ मतमध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन् भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत ल्याए।
अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र प्रतिनिधि सभाको बाकसमा प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकाले खाँलाई विजयी घोषणा गरिएको छैन।
प्रतिनिधि सभा सदस्यको मतगणनापछि मात्र प्रदेश सभा सदस्यलाई विजयी घोषणा गरिने निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए।
Shares
प्रतिक्रिया