काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले जितका क्रममा १४ हजार २०४ मत ल्याएका छन्।
बुधबार दिउँसो पौने २ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खनाल झण्डै दोब्बर मतले विजयी भएका छन्।
यहाँ रास्वपाका खनालले सुरुदेखि नै अग्रता लिएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दोस्रो भए। उनले ८ हजार ९११ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान सांसद भीमसेनदास प्रधान तेस्रो स्थानमा खुम्चिएका छन्। पूर्व रक्षामन्त्रीसमेत रहेका उनले ८ हजार ८०५ मतमा चित्त बुझाए।
विजय र्याली
84
Shares
प्रतिक्रिया