कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक जित नजिक पुगेका छन्।
५० हजार ७७४ मत गणना हुँदा कांग्रेसका लेखकले १० हजार ३३१ मतको अग्रता बनाएका छन्। उनले अहिलेसम्म २६ हजार ३८३ मत हासिल गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १६ हजार ५५ मत मात्रै प्राप्त गरेकी छन्।
क्षेत्र नम्बर ३ मा कूल ५७ हजार ९५५ मत खसेको थियो। अब ७ हजार १८१ मत मात्रै गन्न बाँकी छ। तर लेखक र पालबीच १० हजार ३३१ मतको अन्तर भएकाले लेखकको जित निश्चित भएको हो।
264
Shares
प्रतिक्रिया