नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
यसअघि चौधरीलाई उछिनेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी भने तेस्रो स्थानमा झरेका छन्।
अहिले हृदयेश त्रिपाठी दोस्रो स्थानमा चढे पनि चौधरीभन्दा ५ हजार मतान्तरले पछि छन्।
कांग्रेसका चौधरीले १७ हजार २७९ मत पाएका छन्।
जनता प्रगतिशील पार्टीका त्रिपाठीले १२ हजार ५६१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १० हजार ७४८ मत पाएका छन्।
1.5k
Shares
प्रतिक्रिया