रुपन्देही –५ मा नेकपा (एमाले) का वासुदेव घिमिरे विजयी भएका छन्।
उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय २ मतको अन्तरले हराएका हुन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउँदा शाहले २७ हजार १ सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए।
कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। एक लाख २९ हजार १ सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७ सय ३६ मत खसेको थियो। रासस
159
Shares
प्रतिक्रिया