सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभा सदस्यमा चुनिएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट मन्त्री रावल प्रदेश सांसद पदमा विजयी भनेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका रावल ८ हजार ७१८ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए।
उनका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले ६ हजार ८५८ मत ल्याए।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले ६ हजार १९५ मत मात्रै ल्याउन सके।
33
Shares
प्रतिक्रिया