प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित एमाले नेता महेश बस्नेतले आफूहरू हार्न तयार हुने तर हार नखाने बताएका छन्।
भक्तपुर–२ बाट उम्मेदवार बनेका उनी सत्ता गठबन्धनबाट कांग्रेस नेता दुर्लभ थापासँग हारेपछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्।
आफूलाई मत दिने मतदाता तथा सहयोगीहरूप्रति आभार प्रकट गर्दै बस्नेतले फेसबुकमा लेखेका छन्, ‘हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ।’
भक्तपुर २ बट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दुर्लभ थापालाई बधाई तथा सफलताको शुभकामनासमेत दिएका छन्।
‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष र अभ्यास हो’, बस्नेतले लेखेका छन्, ‘विजय र पराजय स्वाभाविक पक्ष हुन्।’
आफू प्रतिनिधिसभा सदस्य हुन नसके पनि आफ्नो क्षेत्रका जनताको सेवामा सदैव हाजिर हुने प्रतिबद्धता बस्नेतले व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया