रौतहटको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्।
प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पछि पार्दै नेपाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
नेपालले ३३ हजार ५२२ मत ल्याउँदा एमाले गुप्ताले २६ हजार ९२२ मत मात्र प्राप्त गरेका छन्। नेपाललाई सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र लगायतका दलको साथ थियो।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि गुप्ताले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट नेपालसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला नेपालसँग पराजित बनेका गुप्ता यसपालि एमाले प्रवेश गरी नेपालका प्रतिस्पर्धी बनेका हुन्।
०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए।
Shares
प्रतिक्रिया