ad ad

राजनीति


माओवादीले पनि कटायो समानुपातिकतर्फ ४ लाख मत

माओवादीले पनि कटायो समानुपातिकतर्फ ४ लाख मत

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ६:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभा समानुपातिकतर्फ ४ लाख मत कटाएको छ। 

निर्वाचन आयोगले शुक्रबार बिहान ६ बजे अद्यावधिक गरेको तथ्यांकमा माओवादीको समानुपातिकतर्फको मत ४ लाख २ हजार ५७८ पुगेको छ। 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चार लाख मत कटाएको थियो। पछिल्लो मत परिणाम अनुसार उसको समानुपातिकतर्फको मत संख्या ४ लाख ३२ हजार ९१७ छ। समाुनपातिमा माओवादी केन्द्रलाई उछिनेको स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।

पहिलो स्थानमा रहेको नेकपा एमालेको मत ८ लाख ९५ हजार ६३५ पुग्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको मत ८ लाख ६० हजार ३५७ पुगेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ लाख ३४ हजार ५४० मतका साथ पाँचौं र जनता समाजवादी पार्टी (जसपा) नेपाल १ लाख १४ हजार ३५५ मत ल्याएर छैटौं स्थानमा  छ। 

मुलुक विखण्डनको मुद्दा चर्काएर मुलधारको राजनीतिमा आएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ ६८ हजार १५१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीको ६२ हजार ५९४ मत आएको छ। 

नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७२५, नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ५१ हजार ४७९ र राष्ट्रिय जनमोर्चाले २१ हजार ९४३ मत ल्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .