तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरेकी छन्।
अन्तिम मतपरिणाम अनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन्।
यद्यपि, निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।
108
Shares
प्रतिक्रिया