ad ad

राजनीति


समानुपातिकतर्फ जनमतले उछिन्यो एकीकृत समाजवादीलाई

समानुपातिकतर्फ जनमतले उछिन्यो एकीकृत समाजवादीलाई

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १४:५८, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जनमत पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ।

निर्वाचन आयोगले जारी मतगणनाबारे आइतबार दिउँसो साढे २ बजे अद्यावधिकमा जनमत पार्टीले एकीकृत समाजवादीलाई उछिनेको हो। 

आयोगका अनुसार आठौं स्थानमा रहेको जनमत एकीकृत समाजवादीलाई ७७६ मतले पछि पार्दै समानुपातिकतर्फ सातौं स्थानमा उक्लिएको छ। उसले २ लाख ३४ हजार १२७ मत ल्याउँदा एकीकृत समाजवादीको २ लाख ३३ हजार ३५१ पुगेको छ। 

पहिलो स्थानमा रहेको नेकपा एमाले र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबीच १ लाख ३०२ मतले अगाडि छ। एमालेको २३ लाख ७१ हजार ९६ र कांग्रेसको २२ लाख ७० हजार ७९४ मत छ। 

नेकपा माओवादी केन्द्र ९ लाख ९७ हजार ८०९ मतका साथ तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ४१ हजार ६७८ मतसहित प्रतिनिधिसभा समानुपातिकतर्फ चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .