प्रतिनिनिधसभा समानुपातिकतर्फ जारी मत गणनामामा सुरुदेखि नै सबैभन्दा अगाडि रहेको नेकपा एमालेले मतको संख्या २४ लाख कटाएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार उसले २४ लाख १३ हजार २ सय २२ मत ल्याइसकेको छ। यो दिउँसो साढे ३ बजेसम्मको तथ्यांक हो।
यस्तै सोही समयमा समानुपातिकमा तेस्रो रहेको नेकपा माओवादी केन्द्रले प्राप्त मतको संख्या १० लाखभन्दा माथि पुर्याएको छ। आयोगको तथ्यांकअनुसार उसले अहिलेसम्म १० ५ हजार ६ सय ७९ मत प्राप्त गरिसकेको छ।
समानुपातिकमा दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म २२ लाख ९४ हजार ९ सय ८३ मत पाएको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो खबर लेख्दासम्म ९ लाख ८३ हजार ५ सय २२ मत ल्याएको छ। पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख १३ हजार ९ सय ११ मत पाएको छ।
यसबाहेकका दलले भने थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाएका छैनन्।
अहिलेसम्म ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।
Shares
प्रतिक्रिया