ad ad

राजनीति


शिवसेनामा प्रवेश गरे गोविन्दा

शिवसेनामा प्रवेश गरे गोविन्दा

नेपालखबर
चैत १५, २०८० बिहिबार १९:४५, काठमाडौँ

हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्।

उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिए।

सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा प्रदान गर्दै अंगवस्त्र लगाइदिएर स्वागत गरे।

हेर्नुहोस् भिडिओ-

गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सिटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ।

त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन्।

गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद बनेका थिए।

त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई हराएका थिए। तर, सन् २००९ मा उनले राजनीतिबाट सन्न्यास घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .