कास्की क्षेत्र नम्बर ३ का लागि ५ दलीय गठबन्धनका साझा उम्मेदवार तथा गण्डकीका बहालवाला अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा २२ को महेश्वरी मावि केन्द्रबाट मतदान गरेका छन्।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका उम्मेदवार बरालले आइतबार बिहान ७ बजे महेश्वरी माविको ग मतदान केन्द्रमा मतदान गरेका हुन्।
पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता छन्।
यस अघि २०७४ सालको निर्वाचनमा उनले आफ्नो मत आफैलाई राख्न पाएका थिएनन्। वाम गठबन्धनबाट उम्मेदवार भएका बरालले २०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका थिए।
यसपालि बरालसँग नेकपा एमालेका नेता दामोदर बैरागीसँग मुख्य गरी चुनावी प्रतिस्पर्धा हुँदै छ।
15
Shares
प्रतिक्रिया