गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट र अमेजनले चीनमा रहेका कार्यालय तत्कालका लागि बन्द गर्ने बताएका छन्।
बिहीबारसम्म चीनमा कोरोनाका कारण मृतकको संख्या १ सय ७० पुगेको छ। विश्वभर कोरोनाको संक्रमण झन्डै ८ हजारमा देखिएको छ।
चीनमा मात्र कोरोनाबाट संक्रमित ७ हजार ७ सयभन्दा बढी छन्। चीनले कोरोनाको संक्रमण बढ्न नदिन आफ्ना देशका सबै कार्यलयहरु ठप्प पार्दै जाँदा गुगल, माइक्रोसफ्ट तथा अमेजनले पनि आफ्ना कार्यालयहरु बन्द गरेका हुन्।
गुगलले तत्कालका लागि आफ्ना कुनै कर्मचारीलाई चीन नपठाउने पनि बताएको छ। एजेन्सी
प्रतिक्रिया