ad ad

समाज


सिलगढीमा फेरि भारु २ करोड मूल्यको सुन बरामद, बाबु-छोरा पक्राउ

सिलगढीमा फेरि भारु २ करोड मूल्यको सुन बरामद, बाबु-छोरा पक्राउ

शैलेन्द्र समदर्शी
मंसिर ८, २०७६ आइतबार ४:५५,

केन्द्रीय राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)का अधिकारीहरूले दार्जिलिङ जिल्लाको सिलगढ़ीबाट ५ किलो सुनसहित बाबु-छोरालाई पक्राउ गरेका छन्।

बरामद सुनको मूल्य भारु २ करोड रहेको बताइएको छ। अधिकारीहरूका अनुसार शनिबार गोप्य सूत्रले दिएको सूचनाका आधारमा अभियान चलाएर सिलगढ़ीको दार्जिलिङ मोड क्षेत्रबाट ५ किलो सुनसहित बाबु-छोरालाई पक्राउ गरिएको हो।

पक्राउ परेका बाबु-छोराको नाम श्याम सेवा (५० वर्ष) र बिक्की सेवा (२९ वर्ष) हो। उनीहरू भुटान सीमानजिक डुवर्सको जयगाउँ निवासी हुन्।

आज (आइतबार) दुवैलाई अदालत उपस्थित गराइएको थियो। अदालतले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा पठाएको छ। बयानका क्रममा उनीहरूले उक्त सुन भुटानबाट ल्याएको बताएका छन्।

जानकारीअनुसार यी बाबु(छोराले उक्त सुन कोलकातामा तस्करी गर्ने उद्देश्यले लगिरहेका थिए। डीआरआईले सुन तस्करीका लागि यी बाबु-छोराले प्रयोग गरेको भुटानी नम्बरको एक वाहन पनि जफत गरेको छ। स्मरण रहोस्, उत्तर-पूर्वी भारतको जक्सन मानिने सिलगढी केही वर्षयता सुन तस्करीका लागि मुख्य नाका बनेको छ।

डीआरआईले सुन तस्करलाई पटकपटक पक्राउ गरिरहेको छ। यसअघि कात्तिक २६ गते डीआरआईका अधिकारीहरूले भारु १० करोड़ १५ लाखभन्दा बढ़ी मूल्यको २५ केजी ७७६ ग्राम सुनसहित मणिपुरनिवासी दुई युवकलाई पक्राउ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .