सर्लाहीको हरिवनमा एक पुरुषको वेवारिसे शव फेला परेको छ।
सोमबार दिउँसो हरिवन बजारमा फेला परेको शव पोष्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हरिवन नगरपालिका–११ स्थित हरिवन बजारमा सोमबार दिउँसो अन्दाजी ६०÷६५ वर्षका पुरुषको शव फेला परेको हो।
स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा फेला परेको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक डिएसपी विजय यादवले जानकारी दिए।
बजार क्षेत्रमा मागेर जीविका चलाउँदै आएका ती पुरुषको चिसोले कठ्यांग्रिएर मृत्यु भएको अनुमान स्थानीयले गरेका छन्।
घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
237
Shares
प्रतिक्रिया