ad ad

समाज


दुर्घटनाअघिको दृश्य : यतीको जहाज आकाशमै अस्वभाविक कोल्टिएर खस्यो (भिडिओ)

दुर्घटनाअघिको दृश्य : यतीको जहाज आकाशमै अस्वभाविक कोल्टिएर खस्यो (भिडिओ)

पोखरामा दुर्घटनामा परेको यतिको जहाज


नेपालखबर
माघ १, २०७९ आइतबार १३:१८, काठमाडौँ

काठमाडौंबाट  पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर जहाज स्थानीयबासीले हेर्दा हेर्दै सेती खोंचमा खसेको छ। 

पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा खस्नुअघि यतिको एएनसी एटीआर-७२ जहाज आकाशमै कोल्टिएको देखिएको छ।

६८ यात्रु र चार चालक दलका सदस्यसहितको जहाज नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि कम उचाइमा आइरहेका बेला घारीपाटननजिकैको आकाशमा अस्वभाविक कोल्टिएको देख्न सकिन्छ।

एकजना स्थानीयले खिचेको भिडिओ‌को दृश्यमा केही परबाट आइरहेको उक्त जहाज एयरपोर्टतर्फ अघि बढ्दै गर्दा फाइटर जेट जस्तै कोल्टिएको देख्न सकिन्छ।

अचानक कोल्टिँदै अघि बढेको जहाज केही सेकेन्डमै ठूलो आवाजसहित भुइँमा बजारिएको सुन्न सकिन्छ। सेती खोंचमा बजारिएलगत्तै धुवाँको मुस्लोसहित ठूलो आगो लागेको थियो।

आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन। दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवित यात्रु भेटिन मुस्किल भएको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .