ताप्लेजुङमा एक व्यक्तिको हत्या गरी फरार रहेका एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
ताप्लेजुङ मैवाखोला गाउँपालिका १ का सेतरलाख बहादुर तामाङ भन्ने ३४ वर्षीय सुगम तामाङलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय ठहर गरेको छ। उनी भने फरार रहेका थिए।
सीआईबीको टोलीले काठमाडौं कपन आकासेधाराबाट पक्राउ गरेको हो। लाख बहादुर समेतका ६ जनाको समूहले ताप्लेजुङ ढुङ्गेसाघुका २४ वर्षीय राजेन्द्र वेनम लिम्बुको हत्या गरेका थिए।
परस्त्रीसँग लागेको भन्ने रिसिईवीका कारण केटीको आवाजमा फोन गरी २०६६ पुस २ गते राति स्थानीय खानी टोलमा बोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
हत्यापछि अलैची घारीमा फालेको घटनामा अदालतले जन्मकैदको फैसला गरेको थियो। घटनापश्चात मलेसिया गएका उनी फर्किएपछि नेपाल फर्की लुकिछिपि बस्दै आएको खुलेको छ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमार्फत जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय ताप्लेजुङमा पठाइएको छ।
Shares
प्रतिक्रिया