बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनाको मुटुमा समसइा देखिएको छ।
५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो।
जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गंगालाल हृदय रोग केन्द्रले ५ देखि १५ वर्षका १५ हजार बालबालिकाहरूको परिक्षण गरेको थियो।
केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १५५ जना बालबालिकाको मुटुमा समस्या देखिएको हो। जसमध्ये १४६ जनामा जन्मजात मुटु रोग र ९ जनामा बाथ मुटु रोगको समस्या देखिएको हो।
नगरपालिकाको सबै सरकारी विद्यालय र केही निजी विद्यालयमा ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको अस्पताले जनाएको छ।
केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीका अनुसार १९ सरकारी विद्यालयका ३ हजार २० र निजी विद्यालयका ९ हजार १० जनामा स्क्रिनिङ गरिएको थियो।
९ जना बालबालिकामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जना बालबालिकामा जन्मजात मुटुको रोग देखिएको थियो।
समस्या देखिएका मध्ये एक जनाको तत्काल शल्यक्रिया गर्नुपरेको उनको भनाइ छ।
Shares
प्रतिक्रिया