ad ad

समाज


गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

फाइल तस्बिर।


नेपालखबर
फागुन १०, २०७९ बुधबार ८:२३, काठमाडौँ

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ। भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ।

राँगा पाल्ने तीन किसानलाई रु तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताए। ‘राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना बनाउँदै छौँ’, उनले भने।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताए। 

‘राँगाको नश्ल सुधारको योजना छ’, उनले भने। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ। 

राँगाको तथ्याङ्क सङ्कलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ। पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्याङ्क अभिलेख गर्ने गाउँपालिकाको तयारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .