स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा. प्रकाश क्षेत्रीलाई सम्मानित गरेको छ।
सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत उत्कृष्ट १ लाख राशिको पुरस्कारबाट सम्मान गरिएको हो।
यस्तै, स्वास्थ्य सेवा पुरस्कारबाट नारायणी अस्पातलकी अन्जना श्रेष्ठ, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. मुन कर्ण थापा र उपचारात्मक सेवा महाशाखाका डा। पेमावती थापा पुरस्कृत भएका छन्। स्वास्थ्य सेवा पुरस्कारको राशि ५०—५० हजार रुपैयाँ रहेको छ।
स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गतेलाई स्वास्थ्य सेवा दिवसका रुपमा मनाइदैं आएको छ ।
स्वास्थ्य सेवा दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका हुन्।
Shares
प्रतिक्रिया