ad ad

समाज


चलचित्र पत्रकार संघबाट १९ जनाले दिए राजीनामा

चलचित्र पत्रकार संघबाट १९ जनाले दिए राजीनामा

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १९:५५, काठमाडौँ

चलचित्र पत्रकार संघको अध्यक्षमा विवादित छविका व्यक्ति चुनिएको भन्दै १९ जना पत्रकारले साधारण सदस्यबाटै राजीनामा दिएका छन्। 

बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले संघका नवनिर्वाचित अध्यक्ष समीर बलामीको नेतृत्व अस्वीकार गर्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।

‘यौन दुर्व्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षित, असहज र नैतिक रुपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेश गरेका छौँ’ विज्ञप्तिमा उल्लेख छ।

हिजो (फागुन १७ गते) संघको २३ औँ साधारणसभा मार्फत् बलामी अध्यक्षमा विजयी भएका हुन्। 

बलामीबाट दुर्व्यवहारमा परेकी सदस्यले दाबीविरोध समेत गरेको उल्लेख गर्दै ‘विरोधका बाबजूद पनि बलामीको उम्मेदवारी कायम राखी विजयी समेत भएको’ अवस्थामा संघमा रहन असुरक्षित महसुस गरेको उनीहरुको भनाई छ।

विज्ञप्तिमा चलचित्र पत्रकारहरु पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जिवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, नवीनकाजी राई, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सबिन ढकाल (टिकाराम) र संगीता श्रेष्ठको हस्ताक्षर रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .