ad ad

समाज


एक लाख ६० हजार रुपैयाँसहित ललितपुरबाट १२ जुवाडे पक्राउ

एक लाख ६० हजार रुपैयाँसहित ललितपुरबाट १२ जुवाडे पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार २१:२७, काठमाडौँ

ललितपुर प्रहरीले ललितपुर महानगरपालिका–१४ थसिखेलबाट अवैध रुपमा जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। 

स्थानीय ईश्वरी खड्काको घरको तेस्रो तलामा जुवा तास खेल्ने खेलाउने भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तिहरूमा ललितपुर उपमहानगरपालिका– १४ नख्खिपोट बस्ने वर्ष ५० की कान्छि माया तामाङ, तिखेदेवल बस्ने वर्ष ३६ की  निता थापा, वर्ष ४२ की निलीमा राई, नख्खिपोट बस्ने वर्ष ५२ की  लक्ष्मी गुरुङ, वर्ष ५१ की ईश्वरी खड्का (घरधनी/जुवा खेलाउने ब्यक्ति), वर्ष ५९ की मन्जु गुरुङ न्यौपाने रहेका छन्।

यस्तै, ललितपुर महानगरपालिका–४ धोबिघाट बस्ने वर्ष ४९ को राज कुमार केसी, तिखेदेवल बस्ने वर्ष ३७ को बिल बहादुर लामा, वडा नं २३ धापाखेल बस्ने वर्ष ५० को शंकर बिश्वकर्मा, काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने वर्ष ४० को निमा लामा तामाङ, ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ४० को जीवन घिसिङ, काठमाडौं १५ डल्लु बस्ने वर्ष ४२ को निङ्‍मा तामाङ रहेका छन्। ।

उनीहरुको साथबाट प्रहरीले १ लाख ६० हजार १५ रुपैयाँ नगद तथा नौ बुक ताससमेत बरामद गरेको छ। 

उनीहरुमाथि आबश्यक कारबाही तथा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .