प्रहरीले अवैध भारुसहित एक जनालाई पक्राउ गरेको छ।
भारतको बिहारका ५४ वर्षीय चन्द्रशेखर ननु ठाकुरलाई प्रहरीले ८६ हजार ६५० भारुसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहका अनुसार उनको साथमा विभिन्न दरका भारतीय रुपैयाँ बरामद भएको छ।
सप्तरीको तिलाठी कोइलाडीस्थित सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकजाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो।
बरामद भएको रकमसहित आवश्यक कारबाहीका लागि आइतबार उनलाई प्रहरीले आन्तरिक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाएको छ।
27
Shares
प्रतिक्रिया