ad ad

समाज


१३ वर्षीया बालिका बलात्कारको आरोपमा कैलालीबाट दुई किशोर पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा कैलालीबाट दुई किशोर पक्राउ

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ९:२८, कैलाली

नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट दुई किशोरलाई पक्राउ गरेको छ।

१३ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका १० जुगेडाबाट १६ र १७ वर्षीय दुई किशोरलाई पक्राउ गरेको हो। 

उनीहरुले बालिकालाई यहि १७ फागुनमा सामूहिक बलात्कार गरेका अभिभावकले बताएका छन्।

पीडित बालिकाका अभिभावकले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न दुई किशोरलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका अनुसार प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

प्रहरीले बुधबार दुवै किशोरविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .