स्याङ्जाको वालिङमा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
वालिङ नगरपलिका ८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १६ वर्षीय कुशल भुसालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार साथीहरुसँग पौडी खेल्न गएका बेला भुसाल खोलामा डुबेका हुन्।
सँगै गएका साथीहरुले भुसाल खोलामा डुबेको जानकारी गराएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा खोलाबाट शव निकालेका हुन्।
किशोरको शव पोष्टमार्टमका लागि स्थानीय प्राथमिक अस्पताल वालिङमा राखिएको छ।
51
Shares
प्रतिक्रिया