ad ad

समाज


युलेन्स स्कुलको दोस्रो युनिट काठमाडौं बाँसबारीमा

युलेन्स स्कुलको दोस्रो युनिट काठमाडौं  बाँसबारीमा

नेपालखबर
फागुन २८, २०७९ आइतबार १९:४०, काठमाडौँ

युलेन्स स्कुलले दोस्रो युनिट ‘युलेन्स काठमाडौं’ बाँसबारीमा सुरु गरेको छ। 

शनिबार प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले बाँसबारीस्थित युलेन्सको दोस्रो युनिटको उद्घाटन गरेकी छन्। 

बाँसबारीमा रहेको उक्त स्कुलले नयाँ शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म कक्षा सञ्चालन गर्ने भएको छ। युलेन्स स्कुलको पहिलो युनिट सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुदै आएको छ।  

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै युलेन्स स्कुल व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सांसद राणाले गुणस्तरीय शिक्षामा दिने उदेश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको बताइन्। 

अभिभावक, कर्मचारी, युलेन्स फाण्डेशन लगायत सबैको मिहिनेतका कारण अहिले दोस्रो युनिट खोल्न सफल भएको उनले बताइन्। 

उक्त कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गणस्तीय शिक्षामा महत्वपूण योगदान पुर्‍याएको बताएका थिए। 

काठमाडौंको बाँसबारीमा सुविधासम्पन भवन सञ्चानल हुने युलेन्स स्कुलले काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सुरु गरेको हो। 

कार्यक्रममा बोल्दै युलेन्स एजुकेशन फाण्डेशनका अध्यक्ष सोम पनेरुले धेरै लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षाको सबैको पहुँच दिलाउने उद्धश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सबैको सफलता भएको बताएका थिए। 

परोपकारी गाई र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पुहुँच दिलाउने उद्धेश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो। पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षामा युलेन्स स्कुल अग्रपंक्तिमा छ।

दोस्रो युनिटको उद्घाटन कार्यक्रममा बोल्दै युलेन्स स्कुल खुमलटारका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीहरुलाई सृजनात्मक र व्यवहारिक सिकाई विधि प्रयोग गरेर युलेन्स स्केलले विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भएको बताएका थिए। 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष प्रेम थापाले बाँसबारीमा युलेन्स स्कुल आउनु वडाबासीकै लागि गर्वको विषय भएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .