काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो।
मृतकको पहिचान खुलेको छैन।
दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
42
Shares
प्रतिक्रिया