ad ad

समाज


हिमाल र पहाडमा घट्दा तराईमा थपियो ३ प्रतिशत जनसंख्या

हिमाल र पहाडमा घट्दा तराईमा थपियो ३ प्रतिशत जनसंख्या

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:१०, काठमाडौँ

देशका पहाडी भेगका बस्तीहरु बसाइँसराइले खाली हुँदै गर्दा तराई क्षेत्रमा १० वर्षयता तीन प्रतिशत जनसंख्या थपिएको पाइएको छ।

केन्द्रीय तथ्यांक विभागले २०७८ मा गरेको जनगणनाको विवरण शुक्रबार सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो। 

'भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ', विभागले भनेको छ।

विभागका अनुसार २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा थियो। तर १० वर्षमा त्यो साढे ३ प्रतिशभन्दा धेरै बढे ५३.६६ प्रतिशत पुगेको छ। 

तराईको जनसंख्या बढ्दै गर्दा हिमाली क्षेत्रमा भने १० वर्षमा घट्न पुगेको छ। हिमाली क्षेत्रमा २०६८ सालमा कुल जनसंख्याको ६.७३ प्रतिशत थियो। तर २०७८ मा ६.०९ प्रतिशतमा झरेको छ। 

त्यस्तै पहाडी क्षेत्रको जनसंख्या पनि तीन प्रतिशतभन्दा धेरैले घट्न पुगेको छ। विभागका अनुसार २०६८ सालमा पहाडी क्षेत्रमा जनसंख्या ४३.०१ प्रतिशत थियो।

तर २०७८ सम्म आइपुग्दा यो जनसंख्या घटेर ४०.२५ प्रतिशतमा झरेको छ। अर्थात् पहाडमा १० वर्षमा ३ प्रतिशतभन्दा धेरै जनसंख्या घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .