ad ad

समाज


१० प्रतिशतले बढ्यो नेपालको साक्षरता दर, ७६.३ प्रतिशत नेपाली लेखपढ गर्न जान्ने

१० प्रतिशतले बढ्यो नेपालको साक्षरता दर, ७६.३ प्रतिशत नेपाली लेखपढ गर्न जान्ने

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १३:३, काठमाडौँ

नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ। २०६८ को जनगणनाको तुलनामा १० प्रतिशतले साक्षरता बढेको हो। 

देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको राष्ट्रिय जनगणनाले देखाएको छ। 

२०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् ।

दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । 

एसएलसी वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् ।

यसैगरी एसएलसीभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत छन् । अनौपचारिक शिक्षा हासिल गर्नेव्यक्तिहरु १.८ प्रतिशत रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .